कार्तिक ७, सुनसरी । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री कार्कीलाई हिजो पुनः गरिएको पिसिआर परिक्षणमा संक्रमण पुष्टि भएको हो ।
मन्त्री कार्कीले आफ्नो फेसबुक पेजमार्फत संक्रमण भएको सार्वजनिक गरेका हुन् । यसअघि पनि कन्ट्याक ट्रेसिङको आधारमा असोज २९ गते परिक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । मन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेका छन “मलाई पनि बिश्वब्यापी महामारीको रुपमा फैलिएको नोबल कोरोना भाईरस (कोभिड-१९_को संक्रमण भएको छ। कन्ट्याक्ट् ट्रेसिङको आधारमा आश्बिन २९ गतेको PCR परिक्षणमा नेगेटिभ देखिएको थियो। त्यसताका सामन्य रुघाखोकी लगायत असर थियो सामन्यतया आईसोलेटेड भएरै बसे, र हिजो पुनस् कन्ट्याक्ट् ट्रेसिङकै आधारमा PCR परिक्षण गर्दा पोजेटिभ देखिएको छ। तर हाल स्वास्थ्य अबस्था भने सामन्य छ। प्रदेश राजधानी बिराटनगरमा आफ्नै निवासमा आईसोलेटेड भएर बसेको छु। यस बिचमा मेरो निकट संम्पर्कमा रहनु भएका साथीभाई ईष्ट्मित्रहरु लाई सावधानी अपनाउन अनुरोध गर्दछु। यस बाट पर्न जाने सबै अशुबिधा प्रती क्षमायचना गर्दछु । धन्यवाद ।”