• २०८३ असार १३ गते शनिवार

सिकिन्द्र पासवानको सम्बन्धमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज  ७ , रौतहट । सिकिन्द्र पासवानको स्वास्थ्य स्थितीलाई लिएर समय -समयमा सामाजिक संजाल लगायतमा भएका अफवाह प्रति यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ ।

सिकिन्द्र पासवानलाई सम्मानित रौतहट जिल्ला अदालतमा पेश हुँदा मिति २०७७।०५।३० गते मानिसक अवस्थाको कारण वयान गर्न असमर्थ रहेको भनि सम्बन्धित विषेशज्ञ चिकित्सद्वाराक मानसिक अवस्था जाँच गराई पेश गर्ने भनिएकोमा प्रदेशिक अस्पतालका विशेषज्ञ चिकित्सक रोविन झासंग जाँच गराउँदा परिवारका सदस्यको आवश्यकता पर्ने राय दिएकोमा सम्मानित अदालतबाट मिति २०७७।०६।०२ गते परिवारसंग समन्वय गरी विशेषज्ञबाट उपचार गराई पेश गर्नु भन्ने आदेश बमोजिम परिवारका सदस्यलाई उपचारको लागि सिकिन्द्र पासवानसंग जान अनुरोध गरिएकोमा परिवारबाट जान ईन्कार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले परिवारबाट ईन्कार गरिए पछी थप उपचारको लागि पाटन मानसिक अस्पतालमा चेकजाँच गर्न पठाउने व्यवस्था गरेको छ ।
सम्बन्धित सवैमा अफवाहको पछी नलागन अनुरोध गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस