• २०८३ जेष्ठ १८ गते सोमवार

भीरबाट लडेर एक युवकको मुत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७,गोरखा । गोरखामा लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष सन्तोष गुरुङका अनुसार धार्चे गाउँपालिका–२ केरौजाका अन्दाजी ३८ बर्षीय मनिरक्ष गुरुङको मृत्यु भएको हो । भदौ ५ गते भीरबाट लडेर मरेको र हिजोमात्र जानकारी आएपछि प्रहरीलाइ खबर गरी अहिले घटनास्थलतर्फ प्रहरी गइरहेको जनाइएको छ ।

sab

गाउँपालिका अध्यक्ष गुरुङका अनुसार जडिबुटी खोज्न केही दिनअघि उनीसहितको समूह लेक गएको थियो । जडिबुटी खोज्न दुई दिन पैदल जानुपर्ने भएकोले खबर आउन ढिला भएको उनको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस