असोज ७, मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ मा स्कारपियो जिप रमोटरसाइकल पहिरोले पुरिँदा एकजनाको मृ’त्यु भएको छ भने दुईजना घाइते भएका छन् । काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको बा.१७च ४८७४ नम्बरको स्कारपियो जिप र बा.९७ प ४८५१ नम्बरको मोटरसाइकललाई पहिरोले पुरेको हो ।
पहिरोले पुरिँदा जिपमा सवार चालकछेवैको सिटमा बसेका एकजना पुरुषको मृत्यु भएको हो । मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार दुईजना भने घाइते भएकाले उनीहरुलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ ।