• २०८३ बैशाख २८ गते सोमवार

बाघको छाला र सालकको खपेटासहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७ , पोखरा । पोखरा महानगरपालिका–३१ बनपोखरीबाट बाघको छाला र सालकको खपेटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ गल्छी गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्तोष लामिछानेलाई पोखरा महानगरपालिका–३१ बनपोखरीबाट एक थान बाघको छाला, एक थान सालकको खपेटा र करिब तीन किलो सात सय ५० ग्राम बाघको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जासहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बरामद सामानसहित लामिछानेलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस