• २०८३ असार ४ गते बिहिवार

दाङमा निषेधाज्ञा हट्यो : प्रमुख जिल्ला अधिकारी रिजाल

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, दाङ । जिल्ला प्रशासन कार्यालय दाङले बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म लगाउदै आएको (निषेधाज्ञा) हटाईएको छ । खबर24नेपालसंग कुरा गर्दै दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले अबका दिनमा स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउदै नेपाल सरकारले लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधानहरु पनि चल्न दिएपछि जिल्लामा पनि ति सवारी साधानमा सिट बाहेक यात्रु राख्ने पाईने छैन ।

कुल सिट क्षमताको ५० प्रतिशत अर्थत आधा मात्रै सवारी बस्ने मिल्नेछ । यातायात ब्यवसायिहरुले तोकिएको भाडादरमा भने ५० प्रतिशतसम्म थप शुल्क लिन पाउनेछन । गाडीमा मास्क, पन्जा, सेनिटाइजर अनिवार्य राखिएको हुनुपर्छ । यसैगरी विभिन्न संघ-सस्था कार्यालयहरु पनि संञ्चालन हुने भएका छन । विद्यालय, धार्मिक तथा सामाजिक स्थल, सिनेमा हल, शैलुन, सभा, गोष्टि, खेलकुद, परिक्षा लगायतका भीड हुने क्षेत्रहरु भने अझै पनि सञ्चालन गर्न पाईने छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस