असार ९, बाजुरा । बाजुरामा मंगलवार मात्रै थप २१ जनामा को’रोना सक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशाला आएको रिपोटमा २० जना त्रिवेणि नगरपालिकाको र धनगढि प्रयोगशाला बाट आएको १ जना स्वामिकार्तिक गाँउपालिकाको गरि २१ जना कोरोना सक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
बाजुरामा २१ जनाको पुष्टि भए सँगै ९३ जना को’रोना संक्रमित थपिएको स्वास्थ्य कार्यलय बाजुराका बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारि दिनुभयो । २ बर्षिय वालिकाको मृत्यु भइसकेको छ भने एकजना कालिकोट अस्पतालमा उपचार गराइरहेका को’रोना जितेर घर गइसकेका छन् ।