फाल्गुन ११, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ ।

नेता नेपालको संयोजकत्वमा बनेको कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा रहेका छन् ।