मंसिर ७, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा कोरोना सङक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बनेपा नगरपालिकाका ३९ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मङसिर ४ गते कोरोना पोजेटिभ देखिएपछि उर्नि धुलिखेल अस्पतालमा उपचारत थिए । यो सँगै काभ्रेमा कोरोना कै कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ । मृत्यु हुनेमा २४ पुरुष र १० महिला रहेका छन् । अन्य जिल्लाबाट उपचारका लागि आएका १४ जनाको काभ्रेमा मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आइतबार ४१ जनाले कोरोना जितेर घर फर्किएसँगै जिल्लामा निको हुनेको संख्या एक हजार ९२१ पुगेको छ ।