• २०८३ असोज २६ गते सोमवार

नुवाकोटमा फर्निचरमा आगलागी

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, नुवाकोट । बिदुर नगरपालिका वडा नं. ४ भिमसेन मार्गमा रहेको एक फर्निचरमा आगलागी भएको छ । शनिवार बिहान भिमसेन मार्गमा रहेको राम कुमार शाहीको सलिना काष्ठफर्निचरमा काठको भुषबाट आगो सल्किन गएको हो ।

आगलागिबाट अन्दाजी चारलाखबो क्षती भएको नुवाकोट प्रहरीले जनाएको छ । आगलागिबाट २ थान वनपिस दराज, १ थान डाईनिङ टेबल, ३ थान थ्रि पिस दराज पुर्ण रुपमा क्षति भएको छ भने २ थान वनपिस दराज र २ थान थ्रि पिस दराज, २ थान लो बेड २ थान, किचन दराज १ थान, काठ काट्ने कटर मेशिनमा सामान्य क्षति भएको छ । दमकल, स्थानियहरु र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस