• २०८३ बैशाख १५ गते मङ्गलवार

नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय उपाध्यक्षको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, दाङ । नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय उपाध्यक्ष चिन्ताबहादुर बुढाथोकीको निधन भएको छ। उनको गए राति कोहलपुर मेडिकल कलेजमा निधन भएको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण गर्दा कात्तिक २६ गते उनमा कोरोना देखिएको थियो। कोरोना संक्रमणपछि कोहलपुर मेडिकल कलेजमा उपचारार्थ रहेका उनको शनिवार राति निधन भएको हो । ६७ वर्षीय बुढोथोकीलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि कोहलपुर लगिएको थियो। उनलाई केही समयदेखि उच्च रक्तचापको समस्या पनि देखिएको थियो।

उनी नेपाल शिक्षक संघ दाङको अध्यक्ष, नेपाल शिक्षक संघको केन्द्रीय उपाध्यक्ष, नेपाल शिक्षक यूनियन दाङको जिल्ला अध्यक्ष, जिल्ला शिक्षा समिति दाङको सदस्य, सार्क स्तरीय शिक्षक युनियनको कोषाध्यक्षसमेत भएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस