• २०८३ जेष्ठ २९ गते शुक्रवार

विश्वमा एकैदिन ६ लाख ४१ हजारमा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ४१ हजार ६६९ जना कोरोना संक्रमित थपिएका छन् । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ७२ लाख ७४ हजार १८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ७५२ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ६८ हजार जनाको मृत्यु भइसकेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायत देशमा भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस