असोज ६ ,काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४७ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ गरी ६४७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ८ सय २३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४८ हजार ६१ जना रहेको छ । आज २ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय २९ जना पुगेको छ ।