भदौ ६, कैलाली । कैलालीबाट हराएका बृद्धको २२ दिनपछि कंकाल भेटिएको छ। जिल्लाको गोदारी नगरपालिका–३ मालिका टोलका ८४ वर्षीय बृद्ध २२ दिन देखि हराएका थिए। बृद्ध नन्दे रावतको कंकाल फेला परेको प्रहरीले जनाएको छ।

गोदावरी–३ मै पर्ने नवज्योति सामुदायक वनको जंगलमा कंकाल फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले बताए। शनिबार स्थानीय महिलाहरुले घाँस काट्ने क्रममा कंकाल देखिपछि प्रहरी खबर गरेका थिए।उक्त कंकाल नन्दे रावतको भएको प्रहरीले जनाएको छ। उनको लगाएको लुगा र चप्पलका आधारमा नन्देकै कंकला भएको पुष्टि भएको हो। उनी घरबाट सम्पर्क विहिन भएको २२ दिनपछि जंगलमा कंकाल भेटिएको छ।
छरिएर रहेको अवस्थामा कंकाल र छाता भेटिएको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए। रुखमा झुण्डिएको अवस्थामा पुरुषले प्रयोग गर्ने धोती पनि भेटिएकाले पासो लगाएको हुन सक्ने अनुमान गरिएको छ।