श्रावण ७, कैलाली । कैलाली चुरे गाउँपालिका घरखेडामा कार्यरत सव-इन्जिनियर चन्द्रदेव भट्ट घुस रकम सहित पक्राउ परेका छन । सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसके पश्चात पनि उक्त सडकको इस्टिमेट नापजाँच तथा मुल्याङ्कन गरिदिए बापत सेवाग्राहीसँग उनले घुस लिएका हुन ।
सेवाग्राहीसंग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिई गएको टोलीले भट्टलाई सेवाग्राहीबाट रु. २०,०००/- (बीस हजार) घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित धनगढी उप महानगरपालिका वडा नं. १ स्थित शान्ति वाटिका पार्क चोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।