श्रावण ७ , कैलाली । कैलालीमा मोटरसाइकल दु’र्घटना हुँदा ५ जना घाईते भएका छन् । जिल्लाको घोडाघोडी नगरापलिका १० पहलमानपुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा ५ जना घा’ईते भएका हुन् ।
घाईते हुनेमा धनगढी १३ का ३५ वर्षीया भुमिराज भट्ट, सोही ठाउका ३९ बर्षिया भुवन भट्ट, गोदावरी ५ गेटाका ३६ बर्षिया डिकेन्द्र कुवँर, गौरिगंगा ७ मसुरियाका २२ बर्षिया रिदम बि.सी र मान्नाकापडी डोटीका २० बर्षिया दिपक बि.सी. रहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । से २ प ८२९६ र से ३ प १६९५ नम्वरका दुबै मोटरसाईकल पश्चिमबाट पुर्वतर्फ आईरहेको भएपनि ओभरटेक गर्दा एक आपसमा ठोकिएको स्थानीयले बताएका छन । ति मध्ये एउटामा तीन जना सवार थिए ।
घाईतेहरुको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको र रिदम बि.सी.को अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।