असार ८, नुवाकोट । बेलकोट नगरपालिका वडा नं. ८ मा किराना पसल चोरी गर्ने १ जना पक्राउ परेका छन । बेलकोट न.पा.वडा नं.०८ बस्ने चन्द्र बहादुर तामाङको बुहारी संञ्जु तामाङले सञ्चालन गरेको किराना पसल चुकुल लगाई बन्द रहेको अबस्थामा वर्ष २३ का आईतराम तमाङले पसल खोली नगद र रिचार्ज कार्ड समेत चोरी गरेका हुन ।
प्रहरी टोली खटि गई घटनास्थल मुचुल्का उठाएको र फरार रहेको प्रतिबादीलाई खोजतलास गर्दै जाँदा फेला पारी चोरिको सामान के कँहा राखेको छ भनि सोधपुछ गर्दा उनले आफ्नो घरमा लुकाई छिपाई राखेको भन्ने खुल्न आएकोले रितपुर्बक खानतलासी गर्दा उनको आफ्नो घरकोठामा पसलबाट चोरी गरी लुकाई छिपाई राखेको नगत रु.४,९९५ र १३ वटा रु.५० को रिचार्जको रिचार्ज कार्ड समेत फेला परेकोले उनलाई तत्कालै जरुरी पक्राउ पुर्जी दिई नियन्त्रणमा लिई अदालत पेश गरिएको छ ।
यस्तै नुवाकोट शिवपुरी गाउपालिका वडा नं.६ स्थित सडकखण्डमा शंकास्पद अबस्थामा बा.७७ प.५२३४ नं. को रातो रंग भएको २२० सि.सि.को मोटरसाइकल गुडिरहेको छ भन्ने बिशेष सुचना प्राप्त भएपश्चात अस्थायी प्रहरी पोष्ट गुर्जेबाट प्रहरी टोली खटि गई शिवपुरी गाउपालिका वडा नं.६ बस्ने बर्ष २८ को दिपक तामाङ, बर्ष ३४ को रोशन तामाङ र तारकेश्वर गाउपालिका वडा नं.०१ बस्ने बर्ष ३४ को सुरेश लामालाइ पक्राउ गरेको छ ।
उनिहरुलाई चेकजाँच गरी उक्त मोटरसाइकलको बिलबुक देखाउन अनुरोध गरिएकोमा उनिहरुले बिलबुक देखाउन नसक्दा उक्त मोटरसाइकलको अबस्था चेक-जाँच गर्ने क्रममा उक्त मोटरसाइकलको ईन्जिन नम्बर र च्यासिस नम्बर समेत तोडफोड गरेको देखिदा उनिहरुलाई तत्काल पक्राउ गरी घटनास्थलमा फेला परेको मोटरसाइकललाई बरामद गरी जिल्ला अदालतबाट थप अनुसन्धानको लागी दिन १५ को म्याद थप गरिएको छ ।