• २०८३ बैशाख २१ गते सोमवार

वित्तिय संस्था र पत्रकारलाई स्वास्थ्य सामग्री

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असार ८ मुगु । नेपाली काँग्रेस जिल्ला कार्य समिती मुगुका सभापती खड्क बहादुर शाही यति बेला मुगु जिल्लाका बिभिन्न निकायलाई स्वास्थ्य साम्रगि वितरण गदै हुनुहुन्छ । मुगु जिल्लामा रहेका सरकारी कार्यालय, सुरक्षा निकाय, वित्तिय सस्था र पत्रकारहरुलाई स्वास्थ्य सामग्रीहरु वितरण गदै हुनुहुन्छ ।

को’रोना भाईरस (कोभिड १९) कार्यालयमा सेवा दिने कर्मचारी र सेवा लिने सर्वसाधारणहरुमा नफैलियोस र सेवा प्रदायक कर्मचारीहरुले यो विषम परिस्थितीमा पनि ढुक्कसंग जनतामा सेवा प्रवाह गर्नु सकोस भनेर आफुले कार्यालयहरुलाई पिपिई सेट, थर्मगन, सेनिटाईजर, मास्क, रोग प्रतिरोधात्मक औषधी सहयोग गरेको पाटी सभापती खड्क बहादुर शाहीले बताए । उहाँले भन्नु भयो जिल्लामा रहेका २१ वटा बैक तथा सरकारी कार्यालय र प्रेस युनियन मुगुलाई स्वास्थ्य सामग्री वितरण गरेका छौ । सभापती शाहीले लकडाउनका बेला काठमाडौ लगायत देशका प्रमुख शहरहरुमा अलपत्रप परेका १७७६ सर्वसाधारणहरुलाई राहत साम्रगी वितरण गर्नु भएको थियो भने भारतबाट नेपाल आउदा नाकामा अलपत्र परेका मुगालीहरुलाई जिल्लामा ल्याउन पहल गर्नु भएको थियो ।

जिल्लामा कृयाशिल राजनैतिक दलहरु गुमनाममा रहेका बेला जिल्लामा पुगेर स्थानिय सरकारी, सहकारी तथा बैक वित्तिय सस्थालाई स्वास्थ्य सामग्रीहरु सहयोग गर्दा स्थानिय तथा कर्मचारीहरु खुशी भएका छन । जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर डबल बहादुर मल्लले सरकारी संयन्त्रबाट प्राप्त स्वास्थ्य सामग्रीले मात्र को’रोना रोकथाम, नियन्त्रण, उपचार र राहतमा प्रयाप्त नहुने भएकाले यो कार्यमा नेपाली काँग्रेसले गरेको सहयोग थप बल प्रदान हुने बताए । कार्यालयमा सर्वसाधारण आउदा सेवा दिदा र लिदा दुवै पक्ष डराउनु पर्ने अवस्था थियो पिपिई सेट, थर्मलगन र अन्य स्वास्थ्य सामगी्रहरु पाएका छौ । अब कार्यालयमा एक फोकल पर्सन तोकेर गेट मै सेवाग्रहिको तापक्रम लिने र सेवा दिने काम गछौ भेटनरी तथा पशुसेवा अस्ताल मुगुका प्रमुख भिमचन्द्र बुढाले भन्नु भयो ।

कार्यक्रम मै सभापती शाहीले माडवाडी समाजबाट प्राप्त रोग प्रतिरोधात्मक क्षमता बढाउने निशुल्क प्रदान गरिएको औषधी समेत वितरण गर्नु भएको थियो । मुगु जिल्लामा समाजले १४ हजार जनालाई पुग्ने उक्त औषधी उपलब्ध गराएको छ । औषधी लगायत अन्य सामग्रि मुगु जिल्लामा रहेका ४ स्थानिय तहहरु मध्य सोरु गाँउपालिकालाई हस्तानतरण गरिसकेको र बाँकी स्थानिय तहहरु छायाँनाथ रारा नगरपालिका,खत्याड र मुगुम कार्मारोङ्ग गाँउपालिकालाई निकट दिन मै उपलब्ध गराउने र स्थानिय तहहरु मार्फत ति सामगी्रहरु स्थानिय जनताले पाउने पनि सभापती शाहीले जानकारी गराउनु भयो । २५ लाख बराबरको स्वास्थ्य सामाग्र वितरण हुदै छ ।

Sharing

प्रतिक्रिया दिनुहोस