जेठ ९, दैलेख । दैलेख विगत एक महिना देखि पैदल यात्री र बटुवालाई खाना खुवाउदै आएको लायन्स क्लब अफ दैलेखले भारत बाट आएका करीब १००० एक हजार भन्दा बढि मानिसलाई खाना खुवाएको छ् । सेवा नै धर्म हो भन्ने उद्देश्यका साथ गठन गरीएको लायन्स क्लबले यस्तो कारोनाको जोखीममा पनि सहयोग गरेको हो ।
डुङ्गेश्वर गाउँपालिका वडा नं १ चुप्राको गैरीमा खाना खुवाउदै आएको लायन्स क्लब अफ दैलेखले हिजो मात्रै ठुलै जोखिम अपनाएर सम्पुर्ण यात्रीलाई खाना खुवाएको थियो । उनीहरु भारतको गुुजरातबाट आएका थिए । राति १२ बजेसम्म सबैलाई खाना खुवाइएको लायन्स क्लब अफ दैलेखका अध्यक्ष नरेन्द्र केसि ले जानकारी दिए ।
लायन्स क्लब अफ दैलेखले चौर्तफी रुपमा स्थानिए बासिन्दाबाट प्रसंशा बटुल्दै आएको छ । डुङ्गेश्वर गाउँपालिका वडा नं १ को समन्यय र लायन्स क्लबको आयोजनामा खाना खुवाउने कार्यक्रम गरीएको हो ।
इन्डियाको बौडरमा ५ दिन सम्म पानी र खाना खान नपाएको र दैलेखमा आएर खाना खान पाउँदा निकै खुसि भएको जिल्लाको भैरबी गाउँपालिकाका एक स्थानिए लक्ष्मण कँडेलले बताए । उनले यस्तो महामारीको समयमा पनि निकै खटेर हामि जस्तै धेरै यात्रीहरुलाई खाना खुवाएकोमा लायन्स क्लब अफ दैलेखलाई धन्यवाद समेत दिएका छन् ।