• २०८३ जेष्ठ १ गते शुक्रवार

लकडाउनमा सामाजिक सुरक्षाभत्ता लिएर टोलटोलमा पुगे वडाअध्यक्ष

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ०८,रोल्पा । थबाङ गाउँपालिका वडा नम्बर ४ ले टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण  गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता अन्तर्गत बितरण गर्नु पर्ने ३२ लाख८४ हजार ८ सय रुपैया वितरण गरिएको वडाध्यक्ष उदिम घर्ती मगरले जानकारी दिनुभयो ।

                                                                       भत्ता हस्तान्तरण गर्दै वडा अध्यक्ष

मङगलबार देखीवडाले टोलटोलमा पुगेर भत्तावितरण सुरु गरेको हो । ४ नं वडाको थर्पु, मालागिरी, घोराबाङ, तेलखाला, जुत्तरको विभिन्न टोलमा पुगरे वडाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । वडा नं ४ को थर्पुबाट सुरु गरिएको सामाजिक सुरक्षाभत्तावितरण टोलमै पुगेर ज्येष्ठ नागरिक, अशक्त, विधुवा,दलित जेष्ठ नागरिक, दलित बालवालिका र एकल महिला लगायतलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा सचिव सुमन पुनले जानकारी दिनुभयो ।

वडा ४ मा ज्येष्ठ नागरिक ८० जना, दलित ज्येष्ठ नागरिक १२ जना, एकल महिला ५९ जना, अपाङ्ग ६ जना, र दलित बालबालिका २५ जना गरि १८२ जनाले सामाजिक सुरक्षा भत्ता लिदै आएकामा विहिबार सम्म १५६ जनालाई २८ लाख ८८ हजार ६ सय रुपैया वितरण गरिएको छ भने वाकी रकम वितरण जारी रहेको वडा सचिव पुनले बताउनु भयो।

                                                                 भत्ता रकम हस्तान्तरण गदै गा.पा पशाकिय अधिकृत

वडाध्यक्ष उदिम घर्ती मगरको नेतृत्वमा थबाङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेवतबहादुर बुडाथोकी, थबाङ गाउँपालिकाका भण्डार शाखा प्रमुख अधिकार वुढा, वडा सचिव सुमन र वडा सदस्य सुदेश रोका मगरको समुहले टोलटोलमा पुगी भत्ता वितरण गरेको हो।

लकडाउनको अवस्था भएपनि नागरिकको सामाजिक सुरक्षाको ग्यारेन्टी राज्यले गरेको छ । वडाध्यक्ष उदिम घर्तीमगरले भन्नुभयो “शान्ती सुरक्षा सहित भौतिक दुरीको पालना गर्दै भत्तावितरण गरिरहेका छौ ।” वडा ४ का विपन्न २९ परिवारलाई राहतवितरण गरिने तयारी रहेको वडाध्यक्ष घर्तीले बताउनु भयो । वडाध्यक्ष घर्तीका अनुसार वडाले विपन्न परिवारको विवरण गाउँपालिकामा पठाइसकेका र गाउँपालिकाले राहत पठाए पश्चात राहात वितरण गरिने उहाँले बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस