बैशाख १०, काठमाडौं । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
भने राती पनि पहाडी भू-भागका एक-दुई स्थानमा र पूर्वी तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको कारण देशको मध्य र पूर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहेको छ।