चैत ९, रौतहट । यमुनामाई गाउँपालिका वडा नं. ३, रौतहटका वडा सदस्य राम विश्वास मुखिया र निरगुन पासवान (दुसाद) ले नेपाली नागरिकताको प्रमाण(पत्रको प्रतिलिपि सिफारिसको लागि सहज गराई दिन्छु भनी सेवाग्राहीसँग लिदैं गरेको अवस्थामा पक्राउ परेका छन ।
उनिहरुले घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निरगुन पासवान (दुसाद) लाई सेवाग्राहीसँग रु.१३,०००। घुस लिइसकेको अबस्थामा दुर्गाभगवती गाउँपालिका वडा नं.४ छतौना रौतहटबाट र वडा सदस्य राम विश्वास मुखियालाई यमुनामाई गाउँपालिका वडा नं. १ सुकदेव चौक, रौतहटबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।