चैत ९, बाँके । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आइतबार बसेको आकिस्मक बोर्ड बैठकले नेपालगन्ज उपमहानगरपालिकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । बैठकले १६ वटा निर्णय गरेको छ ।

निर्णयहरु
१. अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा २०७६ चैत ९ देखि २१ गतेसम्म बन्द गर्ने
२. उपमहानगरपालिकाका वडाबाट हुने सिफारिसको कार्य बन्द गर्ने
३. स्वास्थ्यकर्मीहरुलाई उपकरण लगायत अत्यावश्यक सामाग्री र उपकरण तत्काल खरिद गर्ने,
४. सम्पूर्ण वडाहरुले थ्रि लेयरको मास्क निर्माण गर्न लगाई वितरण गर्ने
५. विपन्न समुदायका लागि साबुन वितरण गर्ने
६. उपमहानगरपालिकाले नगर बस लगायत सम्पूर्ण भाडा २१ गते सम्मका लागि मिनाह गर्ने,
७. उपमहानगरपालिका र वडा कार्यालयका अत्यावश्यक बाहेकका सेवा बन्द गरि आन्तरिक सबै कार्य गर्ने
८. नगर क्षेत्रमा ससाना नालाहरु सफा गर्ने, चुना लगाउने र घास हटाउने कार्य गर्ने
९. कोरोना भाईरसबाट आम नगरबासीलाई सुरक्षित राख्न विभिन्न प्रचारात्मक अभियान चलाउने
१०. सम्पूर्ण वडाहरुमा हेल्थ डेस्क स्थापना गरि स्वास्थ्य परीक्षण गर्ने
११. नगर बस १५ दिनसम्म बन्द गर्ने
१२. महेन्द्र पार्क र रानी तलाउ १५ दिनसम्म बन्द गर्ने
१३. नगर प्रहरी परिचालन गरि खुला मासु बिक्रि वितरण बन्द गर्ने
१४. खुला तथा फुटपाथमा चाट तथा अन्य विक्रि वितरण बन्द गर्ने
१५. सरसफाईकर्मीहरुले अनिवार्य मास्क र ग्लोव लगाएर मात्र काम गर्ने
१६. कोरोना भाईरस ९कोभिडं १९० पुर्व तयारीका लागि स्थापित कोषमा सहयोगका लागि सम्पूर्ण उद्योगी ब्यवसायी लगायतमा हार्दिक अनुरोध गर्ने