• २०८३ भाद्र २९ गते सोमवार

यात्रु नओराली सिल्क एयर फर्काउन खोज्दा विमानभित्रै प्रतिवाद

नेदरल्यान्डबाट आएका एक यात्रुलाई खरीपाटी क्वारेन्टाइन पठाएर अन्य ९७ यात्रुलाई सेल्फ क्वारेन्टाइनमा बस्न भन्दै छाडियो
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ९, काठमाडौं । सिंगापुरबाट शनिबार राति आएको सिल्क एयरले युरोपका यात्रु पनि बोकेको भन्दै नागरिक उड्डयन प्राधिकरणले विमान फर्काउन खोज्दा यात्रुले प्रतिवाद गरेका छन् । यात्रु नओराली विमान फर्कन खोज्दा यात्रुले हो–हल्ला गरेपछि सबै यात्रुलाई झर्ने अनुमति प्रदान गरिएको थियो । 

नागरिक उड्डयन प्राधिकरणले सुरुमा विमान फिर्ता गर्न निर्देशन दिए पनि यात्रुको विरोधका कारण सबैलाई ओरालिएको छ । नेदरल्यान्डबाट आएका यात्रुलाई भक्तपुरको खरीपाटी क्वारेन्टाइनमा पठाइएको छ भने अन्य ९७ लाई सेल्फ क्वारेन्टाइनमा बस्न भन्दै राति नै विमानस्थलबाट छाडिएको छ । यो समाचार आजको नया पत्रिकाले मुख्य समाचारका रुपमा प्रकाशित गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस