फागुन १०, काठमाडौं । दिउँसो देशको पुर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंसिक बदली रहनेछ। पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा साथै पश्चिमी तथा मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ । यस्तै आज राती पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव रहेको छ भने देशभर आँशिक देखि सामान्य बदलीको अवस्था छ भने पुर्वी तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि देशका पहाडी भू-भागका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको साथै पुर्वी उच्च पहाडी तथा हिमाली भू(भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सबैलाई सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।