• २०८३ जेष्ठ १६ गते शनिवार

वेवारिसे बमलाई नेपाली सेनाद्धारा डिस्पोज

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, बाजुरा । जिल्ला प्रहरी कार्यालय र रेडियो बाजुरा नजिकै भेटिएको वेवारिसे बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।

शुक्रबार साँझ रेडियो बाजुरा र पिसविन बाजुराको घर नजिकै झोलामा बेरेर राखिएको वेवारिसे बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले शनिबार विहान डिस्पोज गरेको समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय नजिकैको स्थानमा बम भेटिएपछि स्थानीयहरु त्रसित भएका छन् । उक्त स्थानमा बम कसले राखेको हो यसबारे खोज तथा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टंकप्रसाद भट्टराईले बताएका छन्

Sharing

प्रतिक्रिया दिनुहोस