• २०८३ जेष्ठ २३ गते शनिवार

प्रचण्डले गृहमन्त्री थापासंग मागे साथ, साँझसम्ममा धारणा सार्वजनिक गर्ने थापाको जवाफ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ६, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गर्नु भएको छ । अध्यक्ष प्रचण्डले सोमबार बिहान मन्त्री क्वाटार पुल्चोकमा पुगेर बादलसँग साथ मागेको बताइएको छ । जवाफमा गृहमन्त्री थापाले सोमबार साँझसम्ममा आफ्नो धारणा सार्वजनिक गर्ने बताउनु भएको स्रोतले जनाएको छ ।

 

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्या देवी भण्डारीले संसद विघटन गर्नु भएपछि पूर्व माओवादी पक्षबाट मन्त्री बनेका केहीबाहेक अन्यले राजीनामा दिएका छन् । जसमा बरिष्ष्ठ नेता मावध कुमार नेपाल पक्षका मन्त्रीहरूले पनि साथ दिएका छन् । तर पूर्व माओवादी पक्षबाटै गृहमन्त्री बन्नु भएका गृहमन्त्री थापाले भने राजीनामा दिनु भएको छैन ।

उहाँको राजीनामा नहुनुले थापा प्रधानमन्त्री ओली पक्षमा लागेको अनुमान गरिएको थियो । तर ओलीले सोमबार बिहान आफू पक्षका नेताहरुसँग बालुवाटारमा गर्नु भएको छलफलमा गृहमन्त्री थापा अनुपस्थित रहनु भएको थियो । बरु उहाँले आफ्नै निवासमा आफू निकट नेताहरुसँग छलफ गर्नु भएको थियो । सो छलफलमा सहभागी सबै नेताहरुले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भनेका थिए । त्यसपछि प्रचण्ड बादललाइ भेट्न पुल्चोक पुग्नु भएको हो । भेटमा बादलले सोमबार साँझसम्ममा धारणा सार्वजनिक गर्ने बताउनु भएको बताइएको छ । बादलसँग ३० भन्दा बढी सांसदहरु छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस