• २०८३ असार ९ गते मङ्गलवार

ऐन महरद्वारा प्रचण्डलाई चेतावनीः याद गर तिम्रो हैसियत नेपाली जनताले देखाइदिनेछन्’

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पौष ६, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले पार्टीभित्रको कथित बहुमतको दम्भलाई कार्यकर्ताले सुलि लगाईदिने चेतावनी दिनुभएको छ ।

पार्टीभित्र आन्तरिक विवाद एकता भंग हुने अवस्था सिर्जना भइरहेकोमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रथम अध्यक्षलाई कारवाही गर्ने दुस्साहस गर्नु पार्टीको लागि ठूलो दुर्घटना हुने प्रति संकेत गर्दै संयोजक महरले सडकमा अलपत्र परेका बेसहाराले सहारा दिनेलाई घर निकाला गर्नु हास्यास्पद भएको उल्लेख गर्नुभयो ।

आगामी निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रबाट केपी ओली विना जितेर देखाउन चुनौति दिँदै संयोजक महरले आगामी निर्वाचनमा मैदानमा भेटेर जनताको अभिमतलाई स्वीकार्ने हिम्मत गर्न समेत सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सडकमा अलपत्र परेको बेसहारा मान्छेलाई दयालु मन भएका केपि ओलिले दया गरेर आफ्नो घरमा ल्याई सहारा दिएको ब्यक्तिले केही दिनपछी त्यो घर नै आफ्नो ठानेर आश्रय दिएका घरमुली केपि ओलि लाई नै घर निकाला गर्न खोज्ने कुरा हाँस्यास्पद छ। याद गर प्रचण्ड तिम्रो हैसियत फेरि एकपटक नेपाली जनताले देखाइदिने नै छन ।हिम्मत भए चुनावको सामना गर आफ्नै बलबुतामा चुनाव जितेर देखाउ त्यसपछी अरु कुरा गरौंला। जहाँसम्म बहुमतका कुरा छन यस्ता कथित बहुमतलाई नेकपाका कार्यकर्ताले सुलि लगाइदिनेछन। मैदानमा छिटै भेटौंला !

#केपि ओलि#जनताको बहुदलिय जनवाद्# सुर्य चिन्ह्# नेकपा# जिन्दावाद
Image may contain: text

Sharing

प्रतिक्रिया दिनुहोस