पुष ६, काठमाडौँ। उद्योगमन्त्री लेखराज भट्टले आफूले संविधानविरोधी कदमलाई साथ नदिएको नभएर सरकारलाई मात्र साथ दिएको बताएका छन् ।
सोमबार बिहान बालुवाटारमा भेला भएका प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय सांसदहरुको भेलामा उद्योगमन्त्री भट्टले सरकारको समर्थन गरेका कारण आफू ओलीपक्षीय भेलामा उपस्थित भएको बताएका हुन् ।
मन्त्री भट्टले आफूले संविधानविरोधी कदमलाई साथ दिएको नभई सरकारलाई मात्र साथ दिएको उल्लेख गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको भेलामा पूर्वमाओवादी खेमाका भट्ट पनि उपस्थित भएका हुन्।