• २०८३ कार्तिक ८ गते शनिवार

प्रतिनिधिसभा विघटनका विरूद्ध जनमोर्चा सडकमा जाँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुस ६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयको सर्वत्र विरोध भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रै र विपक्षी दलका नेता, राष्ट्रिय जनमोर्चा लगायत अन्य दल र नागरिकस्तरबाट पनि ओलीको कदमको विरोध भएको हो ।

राष्ट्रिय जनमोर्चाले आज तीन बजे विरोधस्वरूप काठमाडौंको शान्तिबाटिकामा सडक सङ्घर्ष गर्ने राष्ट्रिय जनमोर्चाका नेता तथा अखिल नेपाल जनजाति संमेलनका केन्द्रीय अध्यक्ष निम बहादुर बुढाथोकीले बताए ।

हिजोनै राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति निकाल्दै मन्त्रीपरिषद्धारा प्रतिनिधि सभालाई विघटन गर्ने र त्यसकालागि राष्ट्रिपतिलाई सिफारिस गर्ने जुन निर्णय गरेको प्रति खेद व्यक्त गर्दै गम्भीर गलती र अप्रजातान्त्रिक कदम कडा शव्दमा विरोध र भ्रत्सना गरेको थियो । राष्ट्रिय जनमोर्चाका युवा नेता समिर सिंहले उक्त कदम असंवैधानिक कदमको संज्ञा दिए । उनले यस कदमको विरुद्ध सहकार्यका निम्ति सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुलाई आह्वान पनि गरेका छन् ।

नेता सिंहले शासन प्रणाली विधि सम्मत नभई व्यक्तबादी चरित्र र अमर्यादित बनेको प्रति चिन्ता व्यक्त गर्दै गलती र कमजोरी सच्याउन आग्रह गर्नु भयो । उनले यो कदमको विरोधका लागि सहकार्य गर्न नेकपाका लोकतान्त्रिक पक्षधर, अन्य राजनीतिक र वैकल्पिक राजनीतिक शक्तिलाई आह्वान गरिएको हो।

प्रधानमन्त्री केपी ओलीले आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद विघटनको सिफारिस गरेको थियो र सो प्रस्ताव राष्ट्रिपतिबाट अनुमोदन पश्चात् सवै दलहरू असन्तुष्टि बढेको छ । सो कारण ओली सरकारमा रहेका माधव नेपाल–प्रचण्ड खेमाका ७ मन्त्रीले संसद विघटनको निर्णयप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस