मंसिर ६, काठमाडौँ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।
स्थानीय वायुको प्रभावका कारण यी क्षेत्रका केही ठाउँमा पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकाको मौसम अहिले बद्ली भए पनि बिस्तारै खुल्दै जाने अनुमान गरिएको छ । ५ डिग्री सेल्सियससम्म झरेको काठमाडौँको न्यूनतम तापक्रम आज भने ८ डिग्री सेल्सियस मापन गरिएको छ । आज काठमाडौँको अधिकतम तापक्रम २० देखि २२ डिग्रीसम्म पुग्ने पूर्वानुमान छ ।