कार्तिक ५, बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु भएके छ । मधुवन नगरपालिका वडा ३ मा बाघको आक्रमणमा आज एक महिलाको मृत्यु भएको हो ।
मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस काट्ने क्रममा बाघको आक्रमणमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।