• २०८३ मङ्सिर १० गते बुधवार

बर्दियामा लागुपदार्थ सहित एक महिलालाई पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक ५ , बर्दिया । बर्दिया सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयले २३ किलो लागुपदार्थ सहित आज बुधबार एक महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रूकुम खलंगा बस्ने निर्मला बाठा मगर रहेको छन भने १ महिला सहित २ पुरूष फरार रहेको सशस्त्र प्रहरि सीमा सुरक्षा कार्यालय सुरजपुरका प्रहरीउपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।

बर्दियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं। ३१ गण हेडक्वाटर अन्तर्गतको सीमा सुरक्षा चेकपोष्ट कट्टीको टोलीले २३ किलो ५ सय ग्राम चरेस पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक रावतले बताए। सहायक प्रहरी निरीक्षक टीकाराम मैनालीको कमाण्डमा खटिएको टोलिले नेपाल भारत सीमानामा पर्ने गुलरिया नगरपालिका वडा नं १ बाट लागुपदार्थसहित पक्राउ गरेको रावतले जानकारी दिए।

स्थानीय बुद्धि दमाईको घरमा चरेस लुकाएको जानकारीका आधारमा छापा मार्दा रुकुमको बाफिकोट गाउँपालिका ८ डुले बस्ने वर्ष ३८ की निर्मला बाठा मगरबाट ५।५ किलो अफिम र त्यस आसपासमा गरिएको खोजतलाशबाट १३ किलो अफिम र ५ किलो चरेश बरामद भएको हो । बरामद गरिएको लागूऔषध को बजार मूल्य १ करोड ४९ लाख बढी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

निर्मलाको साथबाट सशस्त्र प्रहरीले गुलरिया १ सानोश्री ठेगाना उल्लेख भएको ४० वर्षीय बालकुमारी बिकको र पाल्पा बाका मालाङ गाउँपालिका ६ का ४२ वर्षीय दानबहादुर मल्लको नागरिकता प्राप्त भएको छ । उनीबाट मोबाइल ३ थान, ब्याकअप समेत बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस