ईलाम असोज ५ । फैसला कार्यन्वयन प्रक्रियालाई तिब्रता दिने अभियान अन्तर्गत अदालतबाट दोषी प्रमाणित भई हाल सम्म फरार भई लुकिछिपि बसेका बिभिन्न ब्याक्तिहरुलाई पक्राउ गरीएको छ । यसै अन्तर्गत मिति २०६४ सालमा जिल्ला झापा साधुहोली जंगलमा सामुहिक रुपमा जवरजस्तिकरणी गरी फरार रहेका इलाम जिल्ला चुलाचुली गाँउपालिका ०३ बस्ने बर्ष ३० को मिलन राई भन्ने अनिश राई र सोही स्थान बस्ने बर्ष ३१ को जित कुमार राई भन्ने निश्चल राईलाई खोजतलासको क्रममा पक्राउ गरेको छ ।

उनिहरु दुबैलाई २०६७ साल फागुन ११ गते अदालतबाट ११ बर्ष १ महिना १५ दिन कैद र दुबैलाई जनही रु २१,०००। जरिवाना तोकिएको थियो । उनिहरुलाई सम्मानित इलाम जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानको लागी आजै कारागार कार्यालय इलाममा पठाईएको छ । उक्त मुद्दामा एकजना हाल जिल्ला कारागार इलाममा कैद भुक्तान गरीरहेको र एक जना अझै फरार भएका र उनको खोजतलास जारी रहेको छ ।
त्यसै गरी फैसला कार्यान्वय अन्तर्गत अदालतबाट दोषी प्रमाणित भई ठगी मुद्दा, कर्तब्य ज्यान मुद्दा र हातहतियार खरखजना मुद्दा फरार प्रतिबादीहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरी कार्यालयबाट खोज तलासको क्रममा इलाम सुर्योदय नगरपालिका २ बस्ने वर्ष ३२ को सन्तोष बस्नेत, सुर्योदय नगरपालिका वडा नं ५ बस्ने बर्ष ४४ को मोटे देवान भन्ने हर्कबहादुर लिम्बु, ईलाम माईजोगमाई गाउ पालिका २ बस्ने बिष्णु कुमार राईहरुलाई प्रहरीले पक्राउ गरेको हो ।