• २०८३ बैशाख ६ गते आइतवार

कोरोनाबाट थप १६ को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५,काठमाडौं । बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १६ जनाको मृत्यु भएको जानकारी दिँदै यससँगै मृतकको कुल संख्या ४२७ पुगेको जानकारी दिए ।

गौतमका अनुसार बितको २४ घण्टामा  हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको गौतमले जानकारी दिए । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ ।

https://khabar24nepal.com/21/09/2020/47802

Sharing

प्रतिक्रिया दिनुहोस