असोज ५, काठमाडौँ । थप ११ सय ५४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ सय ५४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज १ हजार ५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ४७ हजार २ सय ३८ जना रहेको छ ।