• २०८३ बैशाख ७ गते सोमवार

हेलिकोप्टरद्वारा सुत्करी महिलाको उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौँ । बागलुङस्थित रिघा स्वास्थ्य चौकीमा सुत्केरी भएकी एक महिलाको रक्तश्राप नरोकिएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारले गल्कोट नगरपाकिला-११ की २५ वर्षीय गौरीका श्रीषलाई सोमबार बिहान आठ बजे उद्धार गरेको हो । रक्तश्राव नरोकिँदा स्वास्थ्यमा जटिलता आउने भएपछि उनलाई हेलिकप्टरमार्फत पोखराको गण्डकी अस्पतालमा रेफर गरिएको जनाइएको छ ।

मुख्यमन्त्रीका सल्लाहकार गोविन्द नेपाली र प्रदेश सांसद इन्द्रलाल सापकोटाको सहकार्यमा सुत्केरीको उद्धार गर्न सफल भएको नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता श्याम बिकले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस