• २०८३ बैशाख ३ गते बिहिवार

पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृ’त्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५ , मोरङ। मोरङमा पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृ’त्यु हुनेमा ग्रामथान गाउँपालिका वडा नम्बर ४ बनसखण्डी बस्ने ३५ वर्षीया सीता अधिकारी, उनको छोरीहरु १४ वर्षीया पवित्र अधिकारी र १७ वर्षीया प्रितिका अधिकारीको मृ’त्यु भएको हो ।

रुद्र कटुवालको माछा पोखरीमा उक्त पोखरी तथा माछा रेखदेख कार्यमा संलग्न सीतालगायत ३ जना आइतबार बिहान माछालाई चारो हाल्न गएका र साँझसम्म पनि घर नफिर्कएपछि माछा पोखरीमा गई हेर्दा तिनै डुबेको अवस्थामा मृ’त फेला परेका छन् ।

घटनाको जानकारीपछि प्रहरी चौकी मोतिपुर र हरैचाबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस