• २०८३ जेष्ठ १६ गते शनिवार

फ्रान्समा एकै दिन १० हजारभन्दा बढी कोरोना संक्रमित फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, काठमाडौँ । फ्रान्समा आइतबार १० हजार बढी कोरोना संक्रमित फेला परेका छन । फ्रान्सको स्वास्थ्य मन्त्रालयले आइतबार राती जारी बयानमा भन्यो, ‘देशमा पछिल्लो २४ घण्टामा १० हजार ५ सय ६९ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन अर्थात् शनिबार १३ हजार ४ सय ९८ संक्रमित भेटिएका थिए । यो स्पष्ट रुपमा संक्रमणको दोस्रो लहर हो र सरकारले यसका लागि कडा नीति अपनाउने तयारी गर्दैछ ।

आइतबार संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ । फ्रान्समा ३१ हजार ५ सय ८५ व्यक्तिको हालसम्म मृत्यु भइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस