असोज ५, काठमाडौँ । उपत्यकामा आज हुने कार्यक्रमहरू ।
१.बिकास तथा प्रविधि समितिको बैठक बस्ने ।
स्थान :- संघीय संसद सचिवालय,सिंहदरबार ।
समय :- ११:०० बजे ।
२.महिला तथा सामाजिक समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष,सिंहदरबार ।
समय :- ११:०० बजे ।
३.उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने ।
स्थान :- समितिको सभाकक्ष,सिंहदरबार ।
समय :- १२:०० बजे ।
४.नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने ।
स्थान :- नेकपाको पार्टी कार्यलय पेरिसडाँडाँ,कोटेश्वर ।
समय :- १३:०० बजे ।
५.सोलिडारिटी फर डा.केसी अलायन्सले चिकित्सा शिक्षामा सुधार र आम नागरिकलाई सर्वसुलभ स्वास्थ सेवाको माग सहित १९ औं सत्याग्रहमा बस्नुभएका डाक्टर केसी को जीवन रक्षाको लागि दबाब स्वरुप शान्तिपूर्ण प्रदर्शन गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- १७:०० बजे ।
६.संस्थागत बिधालय शिक्षक युनियन राष्ट्रिय समिति (ISTU) ले विभिन्न माग राखि असोज ५ गते देखि ९ गते सम्म सबै महानगरपालिका,उप-महानगरपालिका,नगरपालिका र गाउँपालिकाहरूमा ज्ञापनपत्र बुझाउने र प्याब्सन,एन प्याब्सनका सबै तहहरूमा स्मरण पत्र बुझाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।
७.हाम्रो नेपाल हामी नेपाली अभियानले कुलमान घिसिङ्ग को पून नियुक्तिको लागि जन दबाब स्वरूप मिति २०७७/०५/२९ गते देखि हरेक दिन ५ मिनेट बत्ति निभाएर एकेबद्धता जनाउने ।
स्थन :- देशभर ।
समय :- २०:०० बजे देखि २०:०५ बजे सम्म ।
८.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।