• २०८३ बैशाख १७ गते बिहिवार

तीज मनाऔं, आफ्नो जीवन रक्षालाई उच्च महत्त्व दिऔंः प्रम ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ५, काठमाडौँ । नेपाली महिलाहरुको महान् पर्व तीजको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस वर्षको तीज कोरोनाको महामारीले सिर्जना गरेको कष्टकर परिस्थितीका बीच मनाउनु परेको प्रम ओली उल्लेख गर्नुभएको छ । विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था नरहेको उल्लेख गर्दै उहाँले विज्ञहरुले दिएको सुझाव तथा सरकारको निर्देशनलाई पालना गरी मनाउनु हार्दिक आग्रह गर्नुभएको छ ।

शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, ‘महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्त्व दिन म सबैमा विशेष अनुरोध गर्दछु । तीजको हार्दिक शुभकामना । यस बर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन । विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ ।’

Sharing

प्रतिक्रिया दिनुहोस