चैत ८, नेपालगञ्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षमा शनिबार नेपालगञ्ज उपमहानगरपालिकामा बसेको कोरोना पुर्व तयारीका लागि गठित जिल्ला स्तरीय टास्कफोर्सको निर्णय अनुसार अत्यावश्यक बाहेक सबै बन्द गरिने गरिने भएको छ ।

जिल्ला स्तरीय टास्कफोर्सको निर्णय अनुसार खाद्यान्न, औषधी लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण पसल ब्यवसाय बन्द गर्ने, आईतबारसम्म लायन्स डेन्टल अस्पतालमा आईसुलेसन स्थापना गर्ने आईसुलेसन ४० बेडको हुनेछ ,वडास्तरमा क्वारेन्टाईनका लागि स्थानीय तहलाई अनुरोध गर्ने, सेल्फ आईसुलेसनका लागि आम नागरिकमा आव्हान गर्ने,कोरोना विरुद्ध राज्यले गरेको निर्णय कार्यान्वयनका लागि कडाईका साथ प्रस्तुत हुनेछ ।
बैठकमा सीमा नाका तत्काल सिल गर्न सहभागीको अपिल
बैठकमा प्रदेशसभा सदस्य कृष्ण केसी,नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, नेकपा बाँकेका सचिव अशोक कोइराला, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, जिल्ला प्रहरी प्रमुख एसपी वीरवहादुर वली लगायतको सहभागिता रहेको थियो । उपप्रमुख मगरका अनुसार बजार बन्दको निर्णय आईतबारदेखि कार्यान्वयन हुनेछ ।