पुस ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा संसद विघटनको प्रस्ताव गर्नु भएको छ । पार्टी भित्रबाटै आफूलाई हटाउने तयारी भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नु भएको हो ।
आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। नेपालको संविधानमा संसद विघटन गर्न पाउने व्यवस्था छैन।