मंसिर ५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर थप १ हजार ९ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोशालामा गरिएको परिक्षणमा १ हजार ९ सय ४५ संक्रमित थपिएको संंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ ।
१० हजार ३४० जनाको पीसीआर परीक्षण गर्दा ७४० जना महिला र १२ सय ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार ३६४ जना निको भएका छन् । यो संगै हालसम्म १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भइसकेका छन् । हाल देशका १२ जिल्लामा ५ सयभन्दा बढी संक्रमितहरु उपचाररत छन् भने मनाङ जिल्लामा संक्रमणमुक्त रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार १९ हजार १४ जना होमआइसोलेसनमा रहेका छन् भने ४०३ आईसीयू र ६३ जना भेन्टिलेटरमा छन् ।