• २०८३ बैशाख १७ गते बिहिवार

थप दुई जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौँ । सुनसरीको एक जना र सप्तरीका एकजना गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–५ का पुरुषको बिहान मृत्यु भएको मेडिकल कलेजले जनाएको छ । कार्तिक २७ गते पीसीआर परीक्षण गराउँदा वृद्धको रिपोर्ट पोजिटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि उपचारका लागि विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएका पुरुषको उपचारकै क्रममा ज्यान गएको हो । मृतक पुरुषलाई मधुमेह र उच्च रक्तचापको पुरानै समस्या थियो । त्यस्तै बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा सप्तरीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार राति बोदेबर्साइन ३ को महिलाको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया भएकी उनी बिहीबार अस्पताल भर्ना भएकी थिइन् । उनलाई बिहीबार नै कोरोना संक्रमण पुष्टि भएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस