मंसिर ५, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक नहुने भएको छ । राष्ट्रपति भण्डारी विगत वर्षका काठमाडौँका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा छठ मनाउन जाने गर्नुहुन्थ्यो ।
राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी गरी छठका अवसरमा राष्ट्रपति कतै सहभागी नहुने जानकारी दिएका हुन् । राष्ट्रपति भण्डारीले यस वर्षको वडादशैँका अवसरमा शक्तिपीठको दर्शन र भ्रमण पनि गर्नु भएको थिएन ।