• २०८३ कार्तिक २४ गते सोमवार

धरान उपमहानगरपालिकामा एकै दिन २०६ जना संक्रमित पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 कार्तिक, ४ धरान । सुनसरीको धरान उपमहानगरपालिकामा मंगलबार एकै दिन नगरका विभिन्न वडामा लिइएको स्वाब रिपोर्टमा २०६ जनामा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

उनका अनुसार यसअघि एकै दिन २११ जना संक्रमित पुष्टि भएको थियो । धरानमा कोरोना भाइरस संक्रमितको संख्या दुई सय पार गरेको यो दोस्रो पटक हो । आइतबार एन्फा क्वारेन्टिन र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब संकलन गरिएको आधारमा मंगलबार आएको रिर्पोटमा सो संख्यामा संक्रमित देखिएका हुन् । धरानमा कुल संख्या २ हजार २१३ पुगिसकेको मेहताले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस