• २०८३ बैशाख १५ गते मङ्गलवार

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश द्धारा मुगुका पत्रकार लाई स्वास्थ्य सामग्री सहयोग

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

असार ०६ मुगु । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले हिमाली जिल्ला मुगुका सञ्चारकर्मी लाई स्वास्थ्य सागम्री सहित ज्याकेट सहयोग गरेको छ । विश्व महमारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड– १९ बाट बिश्वनै आक्रान्त भईरहेको अवस्थामा यस बाट अछ्तो नरहोस भन्ने उद्देश्यले नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले मुगु जिल्लाका विभिन्न राष्ट्यि तथा स्थानीय रेडियोमा कार्यरत सञ्चार कर्मीहरुलाई सेनिटाईजर, माक्स उपलब्ध गराएको छ ।

त्यस्तै गरि नेपाल फोटो पत्रकार महासंघ केन्द्रिय कार्यालयले १३ वटा प्रेस जकेट उपलब्ध गराएको छ । जिल्लामा उपलब्ध गराइएका प्रेस जकेट हरु फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य तथा कान्तिपुर दैनिकका मुगु जिल्ला सम्वादाता राज बहादुर शाही र नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्ल लाई शनिवार एक कार्यक्रमको आयोजना गरेको नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताए ।

No description available.

अध्यक्ष मल्लले मुगु जिल्लाका क्रियासील पत्रकारहरुलाई के एन ९५ माक्स, सेनिटाईजर लगायत जकेट बितरण गर्नु भयो । कोरोना भाईरसको महामारी बाट आक्रान्त बनेको परिस्थीतमा मुगु जस्तो दुर्गम जिल्लामा काम गर्ने पत्रकारहरुलाई थोरै भएपनि राहत स्वरुप स्वास्थ्य सामाग्रीहरु र प्रेस जकेटको ब्यबस्था भएपछि स्थानीय सञ्चारकर्मीहरु खुशी भएका छन । फोटो पत्रकार महासंघ केन्द्रिय समिति र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेस महासचिव दिपेन्द्र शर्माका पहलमा सुरक्षा सामाग्री उपलब्ध गराईएको जानकारी गराईएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस