जेठ ०७, मुगु । कर्णालीको हिमाली जिल्ला मुगुमा पर्ने पुर्वी करान भेगमा ९६ जनाको पि सि आर स्वाव सङ्लन गरेर हेलिकोप्टर मार्फत मंगलवार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाईएको छ । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोंग गाउपालिकाका विभिन्न बस्तिका स्थानहरु बाट चितै ९ , कुना ४ , तिहार बगर १९ , पुलु ,३६ ढुङ्गेधारा २८ जम्मा ९६ जना को स्वाव संकलन गरिएको मुगुमकार्मारोङ स्वास्थ्य शाखाले जनाएको छ । शाखाका अनुसार मंगलवार मात्र महिला ३३ र पुरुष ६३ को स्वाव संकलन गरिएको शाखाका संयोजक बलि बहादुर बुढाले बताए ।
कोरोना भाइरस नियन्त्रण, रोकथाम, उपचार, राहत, सुरक्षा र समाचार संकलनमा अग्रपंतिमा रहि काम गर्ने संचारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको कोरोना संक्रमण भए नभएको जाँच गर्न मुगुमा उनीहरुको स्वाव संकलन गरिएको छ ।
सञ्चारकर्मीहरुको पनि स्वाव संकलन
कोरोना भाइरस नफैलियोस् भनेर सरकारी तथा गैर सरकारी संघ सस्थाहरुले संचालन गरेका राहत, उपचार, क्वारेन्टाइन, आइसोलेसन, सुरक्षा, उद्दार जस्ता कार्यमा अग्रपंतिमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरु उच्च जोखिममा रहेकाले उनीहरुको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको हो । ८ जना संचारकर्मी सहित १२० जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए । उनका अनुसार बाँकि सञ्चारकर्मीहरु लाई अस्पतालमा भिडिआर आए पछि मात्र स्वाव लिइनेछ ।