जेठ ७, नुवाकोट । माछा मार्ने क्रममा पानीमा डुबि मृत्यु भएको बालकको शव परिबारलाई बुझाईएको छ । नुवाकोट प्रहरीका अनुसार बिदुर नगरपालिका वडा नं. ०५, पिपलटार डुम्रेस्थित तादीखोलामा माछा मार्ने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई स्थानियहरुसंग सहकार्य गरी खोजतलास गर्दै जाँदा साँझको १९ स् ४५ बजेको समयमा तादी पुल मुनी मृत अबस्थामा बालकाको शव भेटिएको थियो ।
प्रहरीले मृतकको लाश जाँच प्रकृति मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी मृतक शव परिक्षणको लागि त्रिशुली अस्पताल नुवाकोट पठाएकोमा शव परीक्षण पश्चात उक्त शवलाई दाह संस्कारको लागी परिवारलाई बुझाएको छ ।